सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक

काठमाडौं :

समर निरौलाको डेव्यु निर्देशकिय सिनेमा ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। एसडी योगीको संगीत रहेको ‘म त यसै नक्कली’ बोलको गीतमा हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन्।

Safal

समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडियोमा सिनेमाका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन् । विक्रिम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।

हरर फ्यामिली ड्रामा ‘ममी’ले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेस गर्छ ।

IVF Post

माघ २५ गते रिलिज हुने सिनेमामा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ । सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ। सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन्।

‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ। यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन्। सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।

Leave A Reply

Your email address will not be published.