सुचना, समाचार र मनोरन्जन

‘एक्टर : टेक वन’को गीतलाई २ दिनमा १० लाख भ्युज : हर्कुलस भन्छन्,‘यो टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको छु’

काठमाडौं :

नेपाली फिल्मका पछिल्लो समय राम्रै दर्शक बढेका छन्। आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘एक्टर : टेक वन’को गीत ‘के भरोसा गरम’ रिलिजको २ दिनमै युट्युबमा १० लाख नाघेको छ। यतिको भ्युज आफ्नो गीतले पाएपछि यसका सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले आफुलाई भाग्यमानी महशुस गरेको बताए। उनले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एक्टर टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको भनाई राखेका छन्। उनी पछिल्लो समयका चर्चित गायक तथा संगीतकारमा रुपमा परिचित छन्।

उनले भनेका छन्,‘यो घोषणा गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ कि हाम्रो गीतले लगभग एक दिनमै एक मिलियन भ्यूज पार गरेको छ । जसले ममाथि आँखा बन्द गरेर विश्वास गर्नुभयो, आज म यो टिमसँग उभिन पाउँदा आफैँलाई भाग्यमानी र गर्व महसुस गरिरहेको छु।’

एक्टर टिमलाई धन्यवाद दिँदै हर्कुलसले आफ्नो सृजना उत्कृष्ट स्तरमा पुऱ्याउन प्रेरित गरेकोमा आभार व्यक्त गरेका छन् ।

उनले थपे,‘प्रदिप खड्कासँग यो मेरो पहिलो चलचित्र गीत हो, जो अत्यन्त बहुप्रतिभाशाली र साहसी छन्, र प्रतिस्पर्धात्मक पनि भन्नुपर्छ । आना सधैँ मेरो मन पर्ने र मेरो लागि भाग्यमानी व्यक्ति हुनुहुन्छ भन्ने मलाई लाग्छ । म राजबल्लभ कोइरालाको पुनरागमनका लागि शुभकामना दिन्छु, र उदाउँदै गरेको प्रतिभा दिव्यालाई पनि।’

उनले यस गीतकी गायिका इन्दिरा जोशीलाई पनि सम्झे,का छन्। उनले गायिका जोशीलाई प्लेब्याक गायनमा उत्कृष्ट रहेको भन्दै बहुप्रतिभा भन्दै आफ्नो भनाई राखेका छन्।

उनी थप्छन्,‘प्लेब्याक गायनमा तपाईँ जति बहु प्रतिभाशाली कोही छैन।’

यस गीतमा मिक्सिङ गर्ने निश्चल भण्डारी र यस गीतकी रचनाकार समेत रहेकी आफ्नी श्रीमती उर्मिला गुरुङलाई समेत आफ्नो कल्पनाको चस्माबाट यो संसार अझ राम्ररी देख्न प्रेरित गरेकोमा धन्यवाद दिएका छन्।। संगीतकार बस्नेत मिडियामा खासै छाउन नचाहाने व्यक्ती हुन्। उनका अधिकांश गीतहरु हिट रहेका छन्।

यस फिल्ममा प्रदिप खड्का,आना शर्मा, र दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। किरण थापाले कोरियोग्राफी गरेको यो फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानको छ।

राजन भुसालले निर्देशक गरेको यो फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार पारिएको छ। ‘एक्टर ः टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो। यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सहनिर्माता अनीश भुसाल रहेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्।

Leave A Reply

Your email address will not be published.