सुचना, समाचार र मनोरन्जन

कुमुदिनी होम्सद्वारा हस्तलेखन प्रतियोगीतामा मानवी तिवारी प्रथम

कास्की :

कसमस एजुकेशन ट्रेनिङ सेन्टरले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगितामा मानवी तिवारी प्रथम भएकी छन्। मंगलबार भएको प्रतियोगीतामा उनी प्रथम भएकी हुन्। प्रथम भएकी तिवारीलाई कुमुदिनी होम्सले सम्मान तथा बधाईका साथै पुरस्कार हस्तान्तरण गरेको छ।

Chaka Panja

उनलाई विद्यालयका अध्यक्ष अशोक पालिखेले कक्षा १० मा अध्ययनरत छात्रा तिवारीलाई नगद ५ हजार रुपैया सहित मेडल तथा ट्रफि हस्तान्तरण गरे। सो अवसरमा पालिखेले आफ्ना विद्यार्थीहरुले पढाईको साथसाथै क्रियाकलापमा पनि उत्कृष्टता हाँसिल गरेकोमा खुसि व्यक्त गरे। तिवारीले प्रथम स्थान हाँसिल गर्दा विद्यालयको समेत गौरव बढाएको उनले बताए।

उनले भने,‘९, १० र ११ कक्षाका ७ हजार बढी विद्यार्थी सहभागि भएको प्रतियोगितामा आफ्नो विद्यार्थीले प्रदेशमै प्रथम स्थान हाँसिल गर्नु भनेको ठूलो खुसिको कुरा हो । यसका लागि शिक्षण सिकाईमा रहेका शिक्षक उमेश आचार्यको गाईड, अभिभावक तथा मानवी बधाईका पात्र हुनुहुन्छ।’

विजेता विद्यार्थी मानवीलाई वधाई तथा पुरस्कार हस्तान्तरपछि अध्यक्ष पालिखेले बडा दशैं २०८०, आउदै गरेको तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा विद्यार्थी, अविभावक, विद्यालय परिवार र सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.