
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार’: अनौठो कथामा बन्यो ‘परिवार’ (पोस्टरसहित)
- ‘आचार्य’को ट्रेलरले भारतमा पायो चर्चा, नेपाली फिल्मको स्तरबारे भारतीय फिल्मकर्मी र दर्शकको सकारात्मक प्रतिक्रिया
- ‘टनेल २६’ प्रमोसनका लागी भुटान टोली नेपाल आइपुग्यो
- मल्टिस्टार ‘द राइज अफ साम्राज्य’मा सुशीलको इन्ट्री
- नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाको ‘शिव ताण्डव’ सार्वजनिक
- ‘कबड्डी ५’मा दयाहाङ र विजयसँगै विपीन कार्कीको धमाका, सिर्जना बनिन् नयाँ मैया
- तीन दशक लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कँदै मंगोलियन हार्ट
- ‘आ बाट आमा २’को टिजरमा पल र मलिकाको जोडी, विपना थापासँग देखियो आमा-छोराको अनौठो प्रेम
- भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन
- ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छः मन्त्री साह
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मुग्लिन : मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिनुभयो ।

टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताए । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।
Next Post