सुचना, समाचार र मनोरन्जन

स्वर्गीय गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्छ : मन्त्री थापा

पोखरा/

गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले स्वर्गीय डिल बहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्ने बताएका छन् । स्वर्गीय गुरुङ्गको श्रद्धाञ्जली कार्यक्रममा आज बोल्दै उनले
स्वर्गीय गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाज र पार्टीको विकासका लागि पु¥याएको योगदानको चर्चा गरे।

मन्त्रीले भने, “स्वर्गीय गुरुङले दिनुभएको मार्गदर्शन सधैं प्रेरणादायक रहिरहनेछ। उहाँको मार्गदर्शनलाई पछ्याउँदै हामी सबै अगाडि बढौं ।”

मन्त्री थापाले गुरुङ्गको समाज प्रतिको उत्तरदायित्वलाई अनुसरण गर्दै नयाँ पुस्ता लाग्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद पंचराम गुरुङ, नेपाली काङ्ग्रेस पर्वतका सभापति युवराज गुरुङ्ग, नेपाली काङ्ग्रेसका नेता नवराज गुरुङ्ग, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतको उपस्थिति थियो । वक्ताहरूले स्वर्गीय गुरुङलाई इमानदार, परिश्रमी र समर्पित नेताको रूपमा स्मरण गर्दै उहाँको योगदानको कदर गरेका थिए।

Leave A Reply

Your email address will not be published.