सुचना, समाचार र मनोरन्जन

लिपुलेकबाट सरकार पछाडि हटेको छैन: मन्त्री गुरुङ

काठमाडौँ,

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको बताएका छन ।

प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले लिपुलेक नेपालकै भूमि भएको तर भारतले उपयोग गर्दै आएको बताए । लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उहाँले अब कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्ने बताए ।

नेपाली भूमि लिपुलेकबाट व्यापार गर्न भारत र चीनले गरेको सहमतिको विरोध गर्दै दलहरूले कूटनीतिक वार्तामार्फत यसको समाधान गर्नुपर्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.