सुचना, समाचार र मनोरन्जन

बसाइँसराइले रित्तिँदै म्याग्दीका गाउँ

म्याग्दी,

म्याग्दीबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइसराइ गरेर जाने गरेका छन् । पालिकाको पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ ।

बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । आर्थिक वर्ष २०८१/८२ मा म्याग्दीका पालिकामा ८९ परिवार बसाइसराइ गरेर आउँदा दुई सय ४७ परिवारले थाकथलो छाडेर अन्यत्र गएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा दुई सय ५२ परिवार बसाइसराइ गरेर जाँदा आउने परिवारको सङ्ख्या एक सय भएको पालिकाको पञ्जीकरण शाखाको अभिलेखमा उल्लेख छ । रोजगारी र आयआर्जन अवसरको खोजीमा गाउँबाट सहर र सुविधा भएको ठाउँमा मानिस बसाइँसराइ गर्ने क्रम बढेको हो ।

Leave A Reply

Your email address will not be published.