काठमाडौँ,
नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थायी कमिटी बैठकबाट विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार माओवादीले छिट्टै वार्ता समिति बनाएर एकता प्रक्रियालाई टुङ्गो लगाउने योजना बनाएको छ ।
‘स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरेको भनेर सर्कुलर प्राप्त भएको छ’, एक नेताले रातोपाटीलाई बताए ।
केन्द्रीय कार्यालयले शुक्रबार नै मातहतका कमिटीमा पठाएको सर्कुलरमा समाजवादी मोर्चामा आबद्ध पार्टीहरू र समान विचार भएका अन्य पार्टीसँग समेत सहकार्य बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णय गरेको उल्लेख भएको उनको भनाइ छ ।
विप्लव नेतृत्वको नेकपाले पनि आगामी भदौमा बस्ने केन्द्रीय समिति बैठकबाट एकताबारे ठोस निर्णय लिने बताइएको छ ।