सुचना, समाचार र मनोरन्जन

उत्तराखण्डको बाढीमा सम्पर्कविहीन नेपाली खोज्न कूटनीतिक पहल शुरूः परराष्ट्रमन्त्री राणा

काठमाडौँ,

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको उत्तराखण्डको बाढीमा सम्पर्कविहीन नेपाली नागरिकको खोजी एवम् उद्धारका लागि कूटनीतिक पहल शुरू भइसकेको जानकारी दिए ।

परराष्ट्रमन्त्री राणाले बाढीमा परेर जाजरकोट, धादिङ, बर्दिया र जुम्लाका नागरिक बेपत्ता भएको जानकारी आएलगत्तै उनीहरूको खोजी र उद्धारका लागि कूटनीतिक पहल शुरू भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । हराएको भनिएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा काम गर्न दिल्लीमा रहेको नेपाली राजदूतावासलाई निर्देशन दिएको उनले बताए ।

पराष्ट्रमन्त्री राणाले बाढी पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसहित दुःख व्यक्त गर्नुभएको छ । यही साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य चलिरहेको छ ।

Leave A Reply

Your email address will not be published.