सुचना, समाचार र मनोरन्जन
Pdms

नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना जगाउन टिकटकले सुरु गर्यो ‘सर्च गाइड’

काठमाडौँ,

टिकटकले शुक्रबारदेखि नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ । यो फिचरको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्तालाई समयमै सहयोग प्रदान गर्नु हो ।

टिकटकले यो सुविधालाई प्लाटफर्मको समग्र सुरक्षा अभियानको हिस्सा रहेको बताएको छ, जसको उद्देश्य प्रयोगकर्तालाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्नु हो ।

अबदेखि नेपालका प्रयोगकर्ताहरूले ‘सेक्सअुल असल्ट, अब्युज हटलाइन, मी टू’जस्ता यौन दुव्र्यवहारसम्बन्धी शब्दहरू खोज्दा, उनीहरूलाई स्थानीय हेल्पलाइन नम्बर र टिकटकको सेफ्टी सेन्टरभित्रको सेक्सुअल अब्युज सपोर्ट पेजमा लैजाने विशेष सूचना देखाइनेछ ।

उक्त पेजमा शैक्षिक सामग्री, उजुरी गर्ने तरिका र प्रोफेसनल सपोर्ट सर्भिसको लिङ्क उपलब्ध गराइएको छ ।

Leave A Reply

Your email address will not be published.