सुचना, समाचार र मनोरन्जन

यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो

तनहुँ,

तनहुँमा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो।

नारायणगढबाट गोर्खा जाँदै गरेको मर्स्याङ्दी नदीमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको उनले बताए । उनले क्षतिको विवरण प्राप्त भइनसकेको बताए ।

Leave A Reply

Your email address will not be published.