Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित
- सिक्किममा पहिलोपटक गुञ्जनेछ नेपथ्य,‘सेलिब्रेट सिक्किम’ कन्सर्टको घोषणा
- ‘माया भनेकै यस्तो होला’मा प्रेम र बाध्यताको चेपुवामा दिल
- ‘रोड टु एभरेस्ट’ वृत्तचित्रको ट्रेलर सार्वजनिक, समुद्रदेखि सगरमाथासम्मको झलक
- पल र अन्जनाले सुरु गरे ‘यानीमाया’को छायांकन, फागुन ७ बाट रिलिज
- अनमोल र सुहानाको ‘ए मेरो हजुर ५’ शुभमुहूर्त
- पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार होः मन्त्री पौडेल
- राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
- ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’
- ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
पर्वतीय पर्यटनका पथ प्रदर्शकलाई तालिम
गण्डकी,
नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पर्वतीय पर्यटनका पथप्रदर्शकका लागि आजदेखि पोखरामा छ दिवसीय तालिम सुरु गरिएको छ ।
गण्डकी अल्पाइन क्लब र काठमाडौँ इन्भाइरोलमेन्टल एजुकेशन प्रोजेक्ट ९किप०को प्राविधिक सहयोगमा ‘जङ्गलमा प्राथमिक उपचार, नक्सा पठन, पहाडी पैदल यात्रा’ विषयक छ दिवसीय तालिम सुरु गरिएको हो ।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले तालिममा ३० जना पर्वतीय पर्यटनका पथप्रदर्शक सहभागी रहेका जनाउँदै उनीहरूलाई सैद्धान्तिकसँगै विज्ञबाट अधिकतम प्रयोगात्मक सीप प्रदान गरिने बताए ।
पर्वतीय पर्यटनलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष शेषकान्त शर्माले पोखरामा रहनुभएका तीन हजार पर्वतीय पर्यटनका प्रथप्रदर्शकमध्येबाट ३० जना छनोट गरी यस किसिमको तालिम दिन लागिएको जानकारी दिए ।
सङ्घको गण्डकी प्रदेशका सचिव मनशान्त घिमिरेले पर्वतीय पर्यटनमा जाने पथप्रदर्शकले प्राथमिक उपचार, नक्सा पठनलगायत अत्यावश्यक विषयमा प्रभावकारी ज्ञान हासिल गरेमा उनीहरूले आफू र सँगै जाने पर्यटकलाई सम्भाव्य जोखिमबाट बचाउन सक्ने धारणा राखे । उनका अनुसार तालिमअन्तर्गत सहभागीलाई स्थलगत रूपमा लगेर प्रयोगात्मक अभ्यास गराउने कार्यसूची रहेको छ ।
Next Post