Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- असार ८ गते सोमबारको राशिफल पढ्नुहोस
- पशुपति शर्मा र अन्जु पन्तकी छोरीको मुख्य भुमिकामा बन्ने भो ‘तीन तीघ्रे क्या बिग्रे’
- चलचित्र समीक्षक समाजको अवार्डमा गाउँ आएको बाटोबाट दयाहाङ र ‘रमिताको पिरती’बाट आना उत्कृष्ट
- ‘बाः एक योद्धा’को पोस्टरमा दिब्य देबको लुक्स
- संसदीय पत्रकारको दुईदिने अभिमुखीकरण
- अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम
- बिजुली अमृत: संघर्षको जगमा ठडिएको अँध्यारो चिर्ने उज्यालो टावर
- योग दिवसको अवसर पारेर पोखरामा प्रवचन कार्यक्रम
- सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
- सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
समानुपातिकतर्फको मतगणना जारी
काठमाडौँ,
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ९० हजार ३५ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले १४ लाख ७० हजार ७९६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १२ लाख ३१ हजार ७८९, नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ५६ हजार ९४१, श्रम संस्कृति पार्टीले तीन लाख १३ हजार ४८९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९४ हजार ३५५ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगको मतगणना प्रबिष्ट प्रणालीका अनुसार जनता समाजवादी पार्टी नेपालले एक लाख ४० हजार २३७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ३७ हजार २४५, जनमत पार्टीले ६२ हजार ४६० र राष्ट्रिय मुक्ति पार्टी नेपाल÷जनता समाजवादी पार्टी÷नागरिक उन्मुक्ति पार्टीले ५० हजार ५१ मत प्राप्त गरेको छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ १६४ क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका १२४ उम्मेदवार विजयी भइसकेका छन् । कांग्रेस १७, एमाले सात, नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।
जारी मतगणनामा रास्वपा, कांग्रेस र एमालेले एक÷एक क्षेत्रमा अगाडि रहेका छन् । गोरखा क्षेत्र नं १ मा रास्वपा, इलाम क्षेत्र नं १ मा कांग्रेस र सङ्खुवासभा क्षेत्र नं १ मा एमाले उम्मेदवार अगाडि छन् ।