सुचना, समाचार र मनोरन्जन

नेपाली फिल्ममा ‘रियल लुक’को खोजी: प्रोस्थेटिक मेकअप तालिमबाट प्राविधिक फड्कोको संकेत

काठमाडौं :

नेपाली चलचित्र उद्योगमा प्राविधिक सुधारको बहस चलिरहँदा चलचित्र विकास बोर्डले प्रोस्थेटिक (विशेष) मेकअपसम्बन्धी तालिम सुरु गर्दै नयाँ संकेत दिएको छ। चरित्रलाई यथार्थपरक बनाउने यो प्रविधिमा दक्ष जनशक्ति अभाव भइरहेका बेला तालिमलाई अर्थपूर्ण हस्तक्षेपका रूपमा हेरिएको छ।

प्रसिद्ध मेकअप आर्टिस्ट अयाज शेखको प्रशिक्षणमा सञ्चालन भइरहेको तालिम १७ चैतसम्म चल्नेछ। तालिमको उद्घाटन बोर्ड अध्यक्ष दिनेश डिसीले गरेका हुन्। कार्यक्रममा वरिष्ठ छायांकार प्रमोद प्रधानपुरुषोत्तम प्रधानको उपस्थिति रहेको थियो।  तालिमको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका हुन्। उद्घाटन कार्यक्रममा बरिष्ठ सिनेमाटोग्राफर प्रमोद प्रधान र पुरुषोत्तम प्रधानको समेत उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक पक्ष सुदृढ हुनु अपरिहार्य रहेको बताए। उनले प्रोस्थेटिक मेकअप जस्तो विशेष प्रविधिले चलचित्रमा चरित्र निर्माणलाई यथार्थपरक र प्रभावकारी बनाउने उल्लेख गर्दै यस्ता तालिमहरूले नेपाली चलचित्रको गुणस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष डिसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन कथा मात्र होइन, प्राविधिक पक्ष पनि उत्तिकै बलियो हुनुपर्ने बताए। उनका अनुसार, प्रोस्थेटिक मेकअपले पात्र निर्माणलाई विश्वसनीय बनाउने भएकाले यसको प्रयोग विस्तार गर्नु अपरिहार्य छ।

नेपालमा अझै सीमित प्रयोगमै रहेको यो प्रविधि विकासको चरणमै छ। यही सन्दर्भमा तालिमलाई उद्योगभित्रको ‘स्किल ग्याप’ कम गर्ने प्रयासका रूपमा बुझिएको छ। सहभागीहरूले कृत्रिम अंग निर्माणदेखि अनुहारको संरचना परिवर्तन र विशेष दृश्यका लागि आवश्यक मेकअपसम्बन्धी सीप सिक्नेछन्। चलचित्र विकास बोर्डले यस्ता तालिममार्फत प्राविधिक रूपमा सक्षम जनशक्ति उत्पादन गर्दै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मापदण्ड नजिक पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.