सुचना, समाचार र मनोरन्जन

बाह्रौँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारको प्रस्तुति

काठमाडौं :

नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा १२औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८० भएको छ। फागुन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा भब्य रुपले समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो । समुद्घाटन कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) को अध्यक्षता रहेको थियो भने प्रमुख अतिथीको नेपाल सरकारका परराष्ट्र मन्त्री माननिय एन.पी. साउद रहेका थिए ।

कार्यक्रममा चलचित्र निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल की केन्द्रिय अध्यक्ष रिता थापा मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, साधाना कला केन्द्रका संस्थापक मिलन मोक्तान, नेपाल टेलिकमका विमल आचार्य, नृत्यशिरोमणी भैरब बहादुर थापा, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुश्मा महरा लगायतको उपस्थिति रहेको थियो।

पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतीको आधार भन्ने मुल नारा सहित आयोजना गर्न लागिएको यस मेला फागुन २१ गते दाङ, घोराही, फागुन २३ गते पोखरा, फागुन २५ गते बसन्तपुर दरबारक्षेत्र काठमाडौं, फागुन २६ गते लालिगुरास नेशनल एकेडेमी, मनमैजु, काठमाडौंमा हुँदैछ। एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी)का अनुसार यस संस्थाले हालसम्म ७५ भन्दा बढी राष्ट्रहरुमा नेपाली मौलिक कला संस्कृतीलाई प्रस्तुत गरी प्रचार प्रसार गरी थप टेवा पुराउने कार्य गरेको छ ।

वि.सं. २०५९ सालमा “प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” सम्पन्न गरेको थियो । “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा बिभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको प्रस्तुती रहेको थियो । हेरक राष्ट्रका कलाकारहरुले आ–आफ्नो राष्ट्रको सँस्कृती झल्काउने नृत्य, भेषभुषा, झण्डा प्रस्तुत गर्दै साँस्कृतिक प्रस्तुती दिएका थिए । मेलामा कार्यक्रम सञ्चालक दिनेश डिसीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.