काठमाडौं :
बिहिबार बिहानैबाट चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेको चर्चा चलेको थियो। उनले प्रेमीसँग इन्गेजमेन्ट गरेको भिडियो तथा फोटोले समाचारका पोर्टलखेरि सामाजिक सञ्जालमा समेत चर्चाको विषय बन्यो। जुन अहिले पनि उतिकै चर्चाको विषय बनेको छ। भोली शुक्रबार काठमाडौंको गोकर्णेश्वरस्थित एक रिसोर्टमा उनको बिहे हुँदैछ।

उनले बिहे गर्न लागेको युवक को हुन् त धेरैको खोजीको विषय थियो। अन्तत मेलिनाले विवाह गर्न लागेको युवक हुन्
ध्रुव गुरुङ।
लमजुङका गुरुङसँग मेलिना केही समयदेखि प्रेममा रहेको उनको निकट कलाकारहरुको भनई छ। बेलायतमा बस्दै आएका गुरुङसँग मेलिनाको केहि समय यता प्रेम सम्बन्ध रहेको चर्चा छ। तर आधिकारिक रुपमा भने उनीहरुले खुलाएका छैनन्। पछिल्लो समय चर्चामा मेलिनाको गीत ‘रैयाँ चादीको’रहेको छ।
यसबाहेक उनका थुप्रै गीतहरु नेपाली स्रोतामाझ हिट छन्। बिहेको चर्चा चलिरहेको बेलामा गायिका राई बिहिबार नयाँ बानेश्वरमा रहेको दीपकराज गिरी र दीपाश्री निरौला टिमको फिल्म पुगेकी थिइन्। भोलीबाट हिमालय टेलिभिजनबाट गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन ६’प्रिमियर कार्यक्रमका लागि फिल्म हल आइएआइ मेलिना पुगेकी थिइन्। यसका छोटो समयमा पुगेकी मेलिनाले केहि तस्विर खिचाएर बाहिर निस्किएको बुझिएको छ।