सुचना, समाचार र मनोरन्जन

नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौं/

नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८औं संस्करण मंगलबारदेखि सुरु भएको छ।

अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सको फौज सहभागी रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए ।

उनका अनुसार, नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, विश्वास र साझा संस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता किमिसका संयुक्त सैन्य अभ्यासले महत्वपूर्ण भूमिका खेल्छ ।

तालिममा जंगल युद्ध, कठिन भौगोलिक स्थलमा आतंकवादविरुद्धको अपरेशन, शान्ति स्थापना, विपद् व्यवस्थापन तथा सहायता, वातावरण संरक्षण लगायतका विषयमा अभ्यासहरू हुनेछन् ।

दुई सातासम्म चल्ने यो अभ्यास २०६७ सालदेखि सुरु भएको हो । दुई देशले पालैपालो यो अभ्यासको आयोजना गर्ने गरेका छन् । कोरोना महामारीका बेला भने दुई वर्ष यो अभ्यास स्थगित भएको थियो ।

Leave A Reply

Your email address will not be published.