Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाली चलचित्र ‘भागदौड’को ट्रेलर सार्वजनिक, असार २६ देखि प्रदर्शन हुँदै
- दुई वर्षको प्रेम सम्बन्धपछि ६१ वर्षीय आमिर खानले गरे ४७ वर्षीया गौरीसँग तेस्रो विवाह
- पूर्वमिस नेपाल नम्रता र कमेडियन मेक्समले हाँक्ने भए ‘कमेडी च्याम्पियन’ को चौथो सिजन
- कुमुदिनी होम्सको स्वागत कार्यक्रममा गायिका प्रीति आलेको धमाका
- ‘मोडल हन्ट नेपाल २०२६’को लागि ४२ प्रतियोगी छनौट
- ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन सक्दैनः गगन थापा
- बेपत्ता कर्मचारीमाथि कारबाही सुरु
- १५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
- मालदह आँपको मूल्य बढ्यो
- फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा ब्राजिल र नर्वे खेल्दै, यस्तो छ ‘हेड–टु–हेड’
‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक
काठमाडौं :
अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। निर्माण टिमले राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको भिडियोलाई रिलिज गरेको हो।
यस गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको छ। गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरूलाई समेटिएको छ भने कोरियोग्राफी कमल राईले गरेका छन्।
कुमार केसी निर्देशित यस फिल्ममा सुरवीर पण्डित,रोहन सेन्चुरी,प्रशान्त मुखिया,रचना सिवाकोटी,लानाम डोर्जे लामा, कृष्ण सुवेदी,दीपेन्द्र सुब्बा,तुलसा शर्मा,अचला अधिकारी,अभय अधिकारी,पिटर खवास लगायतले अभिनय गरेका छन्। निर्माण पक्षका अनुसार यो गीत र फिल्म दुवै प्रेम, विवाह र सामाजिक सम्बन्धका कथामा आधारित निर्माण गरिएको हो।
फिल्मको निर्माण दर्पण क्षेत्रीले गरेका हुन् भने प्रस्तुतकर्ता अभय अधिकारी हुन्। निर्मातामा प्रितम मुखिया र अभय अधिकारी छन्। यस फिल्मको कार्यकारी निर्माता रोहन सेन्चुरी(डम्बर बहादुर विश्वकर्मा) हुन्। ‘मेरो जुत्ता खोइ’को भिडियो तथा ट्रेलरमा कलर ग्रेडिङ र सम्पादन निशान तामाङ र सन्देश शाहले गरेका छन्। ‘लडाइँ’ निर्देशन सन्तोष खवासले गरेका छन् भने पृष्ठभूमि संगीत अलीश कार्कीको रहेको छ। फिल्मलाई निकट भविष्यमै देशव्यापी प्रदर्शनमा आउने तयारीमा छन्।