सुचना, समाचार र मनोरन्जन

बागमती नगरपालिकाका मेयर बने खगेन्द्र लामिछाने

काठमाडौं :

सर्लाहीको बागमती नगरपालिकाका मेयरको भरतबहादुर थापाको जीवनीमा आधारित रहेर फिल्म ‘मेयर’को छायांकन प्रारम्भ गरिएको छ । काठमाडौंको मल्ल होटलबाट छायांकन थालिएको फिल्मका मुख्य पात्रको केहि तस्विर निर्माण टिमले सार्वजनिक गरेको छ। जहाँ मेयरको भुमिकामा देखिएका खगेन्द्र लामिछानेले काम गर्दैछन् ।

Pach Pandav

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भइरहेको फिल्ममा उनको लुक्स समेत सार्वजनिक गरिएको छ । खगेन्द्रले यसअघि गरेका फिल्ममा भन्दा यो फिल्ममा उनको लुक्स फरक देखिएको छ । फिल्ममा खगेन्द्रका अलवा वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्य देव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश वुढाथोकी, अर्विशा थापा, संजोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतका कलाकारको अभिनय छ ।

निर्देशक खनाल नै कार्यकारी निर्माता रहेको फिल्ममा शर्मिला पाण्डे र श्रृष्टिमाँ खनालको लगानी रहनेछ । फिल्ममा कृष्णबहादुर थापाको छायांकन, जयन जे वाइवा र कल्याण सिंहको संगीत, महेश दवाडीको पटकथा छ । काठमाडौ पछि निर्माण टिम छायांकनका लागि सर्लाही जाने तयारीमा छ।

Leave A Reply

Your email address will not be published.