सुचना, समाचार र मनोरन्जन

‘चमेलीको पोई’ बाट कमब्याक गर्दै नारायण त्रिपाठी

काठमाडौं :

निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ बाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने भएका छन्। बिगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको जानकारी निर्देशक बोहराले दिएका छन्।

सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजनाका साथ निर्देशक बोहराले शुक्रबार ‘चमेलीको पोई’ घोषणा गरेका हुन्। कमेडी जनराको ‘चमेलीको पोई’ मा अन्य कलाकार को को हुनेछन् भन्ने अहिलेलाई गोप्य राखीएको छ। निर्देशक बोहराले शनिबार आफ्नो फिल्ममा अमेरिका निवासी पुराना चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई भित्र्याएको जानकारी दिएका छन्।

Pach Pandav

एक समय ‘प्रेमचरो’ को उपनामले चर्चित हाँस्य कलाकार त्रिपाठी र निर्देशक बोहराको दोस्ती निकै पुरानो हो। आफूले पहिला त्रिपाठीलाई बिभिन्न नाटक,टेलिफिल्म हुदै फिचर फिल्म ‘अग्नी परिक्षा’ मा समेत अभिनय गराएको स्मरण गर्दै ‘चमेलीको पोई’ मार्फत उनको ‘कमब्याक’ गराउन पाउदा खुशी लागेको निर्देशक बोहराले बताएका छन्।

हाँस्य प्रदान सामाजीक बिषयको फिल्ममा त्रिपाठी एक प्रमुख भूमिकामा रहने छन्। अमेरिकामा पनि बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो हाँस्य प्रस्तुतिलाई निरन्रतरता दिइरहेका त्रिपाठी सामाजीक कार्यहरुमा पनि उत्तिकै सक्रिय छन्। त्रिपाठीले अभिनय गरेको थुप्रै टेलिफिल्म तथा फिल्म अहिले पनि दर्शकको मनमस्तिष्कमा ताजै छ।

यसअघि ‘अग्नी परिक्षा’,‘कान्छा’,‘मुटु’,‘ठूली’,‘भैरे’,‘श्री’ र ‘हेलो जिन्दगी’ फिल्म निर्देशन गरिसकेका बोहरा ‘चमेलीको पोई’ ले नेपाली समाजको एउटा वास्तवीक पाटोलाई उजागर गर्दै भरपुर मनोरञ्जन र समाजोपयोगी सन्देश समेत प्रवाह गर्ने दावी गर्छन् ।

Leave A Reply

Your email address will not be published.