सुचना, समाचार र मनोरन्जन

मेयर भरत थापाका अगाडि स्थानियले मुर्दाबादको नारा लगाउनै नमानेपछि..

काठमाडौं :

दीपेन्द्र के खनालको लेखन तथा निर्देशनमा फिल्म ‘मेयर’को छायांकन भइरहेको छ। सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जिवनीमा आधारित फिल्मको छायांकन त्यतै धमाधम भइरहेको छ। निर्माण टिमले फिल्म छायांकनका तस्विर र भिडियो दैनिक जसो सार्वजनिक गर्दै आएका छन्।

Chaka Panja

बाहिर आएका तस्विर र भिडिया हेर्दा टिमको मिहिनेत उच्च देखिएको छ । मेयर थापाको राजनीतिक उतारचढावको कथामा आधारित निर्माण भएको फिल्ममा जहाँ स्थानीय बासिन्दाले थापाको विरोध गरेको नाटकिट फोटो सार्वजनिक भएको छ। जहाँ ‘भरतबहादुर थापा मुर्दावाद’ लेखिएको प्लेकार्ड स्थानियले बोकेर नारा लगाएका छन्।

यो दृश्य खिच्दा निकै रोचक तस्विर समेत बाहिरिएको छ। यो दृश्य हो भने यो फिल्मको छायांकनका क्रममा मेयर थापा पनि सेटमै देखिएका छन्। मेयर थापा माओवादीका नेता भएका कारण र स्थानियमा थर्कमान बनाएका थापाका अगाडि स्थानीयहरूले ‘मुर्दाबाद’ भन्ने आँटै गर्न सकेनन्। अझ भनौँ उनीहरुले मुर्दाबाद भन्दाको डरले होला भन्नै मानेनन्। मेयरको डरले मुर्दाबाद भन्न नसकेका स्थानीयहरूले मेयर थापा हिडेपछि भने विरोधको नारा लगाए ।

जुन भिडियो र सार्वजनिक तस्विरहरुमा प्रष्ट देखिएको छ। फिल्ममा मेयर थापाको भूमिकामा खगेन्द्र लामिछानेले अभिनय गरिरहेका छन् भने उनका अलवा वर्षा राउत, हरिहर शर्मा, अनुप बराल, रविन्द्र झा, दिव्य देव लगायतको पनि अभिनय छ । फिल्मलाई शर्मिला पाण्डेले लगानी गरेकी हुन्।

Leave A Reply

Your email address will not be published.