सुचना, समाचार र मनोरन्जन

निर्देशक मिलन आले मगरको नयाँ फिल्म दशैँपछि छायांकनमा

काठमाडौं ।

निर्देशक मिलन आले मगरको निर्देशनमा नयाँ नेपाली फिल्म ‘पूरा भयो सपना मेरो’ बन्ने भएको छ। सामाजिक प्रेम कथामा आधारित फिल्मको छायांकन दशैँ पर्व सकिएपछि सुरु हुने निर्माण पक्षले जनाएको छ।

रोशिका फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रका कलाकार र प्राविधिक टोलीको विवरण केही दिनभित्र सार्वजनिक गरिने निर्देशक आले मगरले जानकारी दिएका छन्।

चलचित्रका निर्माता एकराज थापा हुन् भने कथावस्तु पनि थापाले नै लेखेका हुन्। यसअघि ‘लक्ष्य’, ‘सत्या’, ‘हिँड्दा हिँड्दै’ जस्ता फिल्म निर्देशन गरिसकेका आले मगरले नयाँ फिल्म ‘पूरा भयो सपना मेरो’ ले दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.