काठमाडौं :
लोकप्रिय गायिका मिना राईको दुई गीत पर्व लक्षित ‘तिहार आयो’ र पूर्वेली कलासंस्कृति, मौलिक परम्परागत शैलिमा आधारित गीत ‘ए, सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ। गायिका मिना राईलाई ‘ए, सोल्टिनी’मा निर्वाण नेचली राईले स्वरमा साथ दिएका छन् भने ‘तिहार आयो’ मा संजय सुब्बा तुम्रोक, बिक्रम राईले स्वरमा साथ दिएका छन्।
चोमु शेर्पा ‘खुशी’ को शब्द, दिपक राई ‘बान्तवा’को संगीत सिर्जना रहेको ‘ए,सोल्टिनी’ गीतको भिडियोमा रेखा राई, रवि लामा, सौजन सेनेहाङ, शशिकला तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।