सुचना, समाचार र मनोरन्जन

महाकुम्भकी भाइरल युवती मोनालिसाले मुस्लिम प्रेमीसँग गरिन् विवाह, परिवारको विरोधपछि प्रहरीसँग मागिन् सुरक्षा

काठमाडौं :

महाकुम्भ मेला का क्रममा आफ्ना निलो–खैरो आँखा निर्दोष मुस्कानका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी युवती मोनालिसा फेरि चर्चामा आएकी छन्। यसपटक भने उनी व्यक्तिगत जीवनका कारण चर्चामा आएकी हुन्।

भारतीय मिडिया रिपोर्टअनुसार मोनालिसाले आफ्ना प्रेमी फरमान खान सँग विवाह गरेकी बताइएको छ। तर यस सम्बन्धप्रति परिवारले कडा विरोध जनाएपछि दुवैले सुरक्षाका लागि प्रहरीको सहयोग माग्नुपरेको जनाइएको छ।

रिपोर्टका अनुसार मोनालिसा फरमान करिब डेढ वर्षदेखि एक–अर्कालाई चिन्दै आएका थिए। उनीहरूको भेट फेसबुकमार्फत भएको बताइएको छ। सामाजिक सञ्जालबाट सुरु भएको चिनजान क्रमशः मित्रता हुँदै प्रेममा परिणत भएको थियो।

दुवैले विवाह गर्ने निर्णय गरेपछि परिवारले त्यसको विरोध जनाउँदा विवाद झन् बढेको बताइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै मोनालिसा आफ्ना प्रेमीसँगै थम्पानूर पुलिस स्टेशन पुगेकी थिइन्। प्रहरीसमक्ष पुगेपछि उनीहरूले आफूहरू आफ्नै इच्छाले सँगै बस्न चाहेको बताउँदै कुनै प्रकारको धम्की वा दबाबबाट जोगाइदिन आग्रह गरेको जनाइएको छ।

यस घटनासँग सम्बन्धित एउटा भिडियो पनि सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। उक्त भिडियोमा मोनालिसा फरमान प्रहरी कार्यालयमा देखिन्छन्। भिडियो सार्वजनिक भएपछि यो विषय झन् चर्चामा आएको छ।

मोनालिसा त्यही युवती हुन्, जो महाकुम्भ मेला का क्रममा आफ्नो फरक पहिचान निलो–खैरो आँखाका कारण इन्टरनेटमा चर्चित बनेकी थिइन्। त्यसबेला उनका तस्बिर भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका थिए।

अहिले उनको विवाह परिवारको विरोधसम्बन्धी विषय पनि सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ। कतिपयले यो सम्बन्धको समर्थन गरेका छन् भने केहीले फरक–फरक प्रतिक्रिया जनाइरहेका छन्। हाल दुवैले सुरक्षाका लागि प्रहरीसँग अनुरोध गरेका छन् आगामी निर्णयको प्रतीक्षा भइरहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.