सुचना, समाचार र मनोरन्जन

‘घरज्वाइँ’को टिजर : दयाले मिरुनालाई पाउन गरेको संघर्ष

काठमाडौं :

आगामी असार २८ गते प्रदर्शनमा आउने फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक भएको छ। आइतबार निर्माण टिमले युटुबमार्फत टिजर रिलिज गरेको हो। टिजरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको रहेको छ। जहाँ अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ। यो फिल्मले मगर संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने अवसर दर्शकलाई दिने विश्वास निर्माण टिमको छ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। फिल्मको केही साता अघि सार्वजनीक पोस्टर तथा क्यारेक्टर लुक्सको चर्चा भैरहदा निर्माण टिमले आइतबार दर्शकमाझ टिजर सार्वजनिक गरेको हो । करिब २ मिनेट लामो टिजर रोचक र दर्शकमाझ उत्साह पैदा गर्न सफल हुने देखिन्छ।

जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिले खिचेका हुन। पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन्। उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।

फिल्ममामा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन्।

फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ। नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.