सुचना, समाचार र मनोरन्जन

निर्माताको रोजाइँमा मिरुना गाउँले भुमिकामा मात्रै हो?

काठमाडौं :

अभिनेत्री मिरुना मगरलाई दर्शकले अधिकांश फिल्ममा गाउँले भुमिकामा हेर्दै आएका छन्। कहिले दयाहाङ राईसँगको भुमिकामा होस या कहिले विपिन कार्की । उनको भुमिका टिपिकल गाउँको महिलाहरुमा प्रस्तुत हुँदै आएकी छन्। बेलायतमा हुर्किएकी मिरुनाले शहरिया पात्रमा आफुलाई खासै प्रस्तुत गरेको पाइदैन। यहीँ बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’मा पनि उनी गाउँले युवतीको भुमिकामा छिन्।

शनिबार काठमाडौंको स्टार मलमा पत्रकारहरुले उनलाई किन बोल्ड क्यारेक्टरमा आउन चाहानु भएन अर्थात प्रस्ताव नआएर पनि नगर्नु भएको हो भन्ने प्रश्न गरेका थिए। उनले यसको जवाफ निकै लामै हुने बताईन।

उनले भनिन्,‘जब म फिल्म क्षेत्रमा आए,त्यतिबेला जुन किसिमको सिनेमाहरु बनिरहेका थिए। म त्यो समयमा आइरहँदा खेरि जुन पात्रहरु आइरहेका थिए। सायद चेन्ज हुने बाटोमा थियो होला जस्तो लागेको लाग्छ। त्यसैले पनि म लक्की भए भन्छु के।’

उनले त्यो समयमा आफुले फिल्म चुज गरेको भन्दा पनि पात्रले आफुलाई छानेको बताईन्। आफुले भेगका कथालाई भन्न सकेको र त्यस्तो कथामा आफुलाई खोजिएको मिरुनाको भनाई छ।

‘कथा त सहरमा मात्रै हुँदैन। सबै तिर नै हुन्छ,’उनले भनिन्,‘त्यो सबैको कथा आउँदै जाँदा मैले त्यहीँ अनुसारको कामहरु चुज गरे। त्यसरी भनिरहँदा मलाई गाउँ र शहर भनेर भेग छुट्याउन नै मन लाग्दैन।’

आफुले अभिनय गरेको फिल्म र त्यसको कथालाई समुदायलाई छुने खाल्को हुनुपर्ने मिरुनाको भनाई थियो। यस फिल्ममा नविन चौहानले निर्देशन गरेका हुन् भने फिल्ममा मिरुनाका अलवा विपिन कार्की,वेल्सन बिक्रम राई लगायतको मुख्य भुमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.