सुचना, समाचार र मनोरन्जन

‘मिस्टर ग्लोबल २०२६’मा भाग लिन थाइल्यान्ड उडे गिरिशरत्न

काठमाडौं :

‘मिस्टर ग्लोबल नेपाल’ गिरिशरत्न शाक्य थाइल्याण्ड उडेका छन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२६’मा नेपालको प्रतिनिधित्व गर्न ‘मिस्टर ग्लोबल नेपाल’ गिरिशरत्न शाक्य सोमबार नेपाल एयरलाइन्सको विमानमार्फत थाइल्यान्ड प्रस्थान गरेका हुन्।

विश्वका करिब ४० देशका प्रतिस्पर्धीहरूको सहभागिता रहने प्रतियोगिता २९ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म थाइल्यान्डमा आयोजना हुनेछ । उक्त प्रतियोगितामा शाक्य नेपालका तर्फबाट एक्लो प्रतिनिधि हुन्।

‘मिस्टर नेपाल २०२५’ अन्तर्गत ‘मिस्टर ग्लोबल नेपाल’को उपाधि जितेसँगै शाक्यले यो अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । उनलाई ‘मिस्टर नेपाल’को आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले थाइल्यान्ड पठाएको हो। शाक्य प्रतियोगितामा मौलिक नेपाली कला र संस्कृतिसहित प्रस्तुत हुन लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले जानकारी दिए।

यस प्रतियोगिताका लागि शाक्यले आवश्यक प्रशिक्षण तथा विभिन्न तयारी पूरा गरिसकेका छन्। ‘मिस्टर ग्लोबल’ पुरुषहरूको सहभागिता रहने विश्वकै एक प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ।

Leave A Reply

Your email address will not be published.