प्रतियोगीताको अडिसन फर्म खुलिसकेको जानकारी गराइएको छ । फर्म भर्न चाहनेहरुले ईसेवा एपमार्फत भर्न सकिने बताइएको छ । साथै अडिसन यहि जेठको १६ गते जनकपुर र त्यसपछि काठमाडौंमा हुने बताइएको छ । डिजिटलमार्फत फर्म नभर्नेहरुले सिधै अडिसनस्थलमै पनि सोहिदिन फर्म भर्न सक्नेछन् । आयोजकका अनुसार मिथिला नारीहरु मात्र नभई सम्पुर्ण नेपालीहरुले सहभागीता जनाउन सक्नेछन् । मिथिला भाषाको सामान्य ज्ञान भएकाहरुलाई पनि सहभागीताका लागी आह्वान गरिएको छ ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रसुवागढी सुरुङभित्र कोही भेटिएन, फर्कियो सेनाको टोली
- अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध
- रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने
- रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
- हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार
- भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव
- रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’
- रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालन
- भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै
सौन्दर्य प्रतियोगीता मिस मिथिलानारी नेपाल हुने
काठमाडौँ : सौन्दर्य प्रतियोगीता ‘मिस मिथिलानारी नेपाल २०२६’को आयोजना हुने भएको छ । आयोजक थर्ड आई स्टुडियोज प्रालिले मंगलबार प्रेसमिट गर्दै ब्युटि पेजेन्टबारे जानकारी गराएको हो ।
मिस मिथिलानारी नेपाललाई ‘द ब्युटी अफ मिथिला’ नारा दिइएको छ । प्रतियोगिताले मिथिला संस्कृति, परम्परा, भाषा, पहिचान तथा महिला सशक्तीकरण प्रवर्द्धनमा जोड दिने बताइएको छ । प्रेस मिटमा प्रतियोगिताको उद्देश्य, कार्यक्रमका विशेषता, अडिसन विवरण तथा आगामी गतिविधिबारे आयोजक संस्थाका प्रमुख हरिश जायसवालले जानकारी दिए ।
जायसवालका अनुसार मिस मिथिलानारी नेपाल एक ब्युटि पेजेन्टमात्र नभएर मिथिला क्षेत्रका नारीहरुलाई सशक्तीकरणमा जोड दिने, मिथिला संस्कृतिको पहिचान गर्ने तथा नारीहरुलाई आत्मनिर्भर गराउने जस्ता कुराहरुलाई जोड दिइनेछ । उनले भनेका छन्, यसअघि मिथिलाबारे यस्तो प्रतियोगीता भएका छैनन्, यो हाम्रो उद्देश्यले मिथिला नारीहरुलाई ठुलो सहयोग तथा अवसरको रुपमा रहनेछ ।