सुचना, समाचार र मनोरन्जन

सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक

काठमाडौं :

नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंको मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच सार्वजनिक उक्त गीत गरिएको हो। सर्जक शंकर पाण्डे मुक्तिको प्रस्तुति रहेको उक्त गीतलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी,कलाकार संघका अध्यक्ष उत्तम केसी सहितको टिमले रिलिज गरेका हुन्।

गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । गीतको शब्द स्वयं मुक्तिले लेखेको यो गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । कीर्तिमानी सङगीतकार सन्तोष श्रेष्ठले सङ्गीत भरेको यो गीतमा आधुनिक सङ्गीत र भावनात्मक शब्द संयोजनले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ ।

माधवराज खरेलको निर्देशनमा निर्माण भएको यस म्युजिक भिडियोले पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयामलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। भिडियोमा दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतको अभिनय रहेको छ। साथै बाल कलाकार आयुश पाण्डे, मीरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियो अझ जीवन्त बनेको छ ।

Chaka Panja

अजय रेग्मीको छायांकन,विनोद बमको सम्पादन रहेको यस गीतको भिडियोले दृश्य संयोजन, अभिनय र कथावस्तुले दर्शकलाई भावुक बनाउने क्षमता राख्ने प्रतिक्रिया कार्यक्रममा सहभागीहरूले दिएका थिए ।

कार्यक्रममा बोल्दै शङ्कर पाण्डे ‘मुक्ति’ले गीत केवल मनोरञ्जनका लागि मात्र नभई समाजप्रतिको उत्तरदायित्वबोधका साथ तयार गरिएको बताए। उनका अनुसार यस भिडियोबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने छ ।

गीतका बारेमा सङ्गीतकार सन्तोष श्रेष्ठ र निर्देशक माधव खरेलले प्रा. ध्रुव पौडेल लगायतलले आ(आफ्ना भनार्इ राखेका थए।
कार्यक्रममा उपस्थित अतिथिहरूले गीत तथा भिडियोको प्रशंसा गर्दै यसले नेपाली सङ्गीत क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, नेपाल चलचित्र कलाकार संघका सदस्य तथा अभिनेता श्रीदेव भट्टराई,गीता अधिकारी, श्वस्तीका पन्थी, विश्व देवकोटा, जितेन्द्रकुमार श्रेष्ठ, डोल्पा शेर्पा तथा ओएसआर डिजिटलकाका ओम अग्रवाललगायतको आथिथ्यता रहेको थियो।

Leave A Reply

Your email address will not be published.