सुचना, समाचार र मनोरन्जन

‘मितज्यू’को दोस्रो लुक्स सार्वजनिक, प्रदर्शन मिति जेठ ८ मा सारियो

काठमाडौं :

नेपाली कथानक फिल्म मितज्यू’ को दोस्रो लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति आगामी जेठ गते तय गरिएको घोषणा गरेको हो। यसअघि फिल्म जेठ १५ गते रिलिज गर्ने योजना थियो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल लगायतका पात्र देखिएका छन्। पोस्टरमा सौगात मल्लले हातमा भाले च्यापेको दृश्य भने पछाडि पहाडी भू–भागमा गुडिरहेको गाडी देखिन्छ। दयाहाङ राई रिसाहा भावमा देखिन्छन् भने तेरिया मगर टाउको ढाकेर दुखी मुद्रामा प्रस्तुत भएकी छन्। शिशिर वाङ्देल अर्का पात्र सामान्य मुद्रामा उभिएका छन्। साइडमा फुसको छानो भएको घर देखिनुले फिल्मले ग्रामीण परिवेश सामाजिक द्वन्द्वको कथा समेट्ने संकेत गर्छ।

Protin

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहनेछ।

यसै फिल्ममार्फत तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन लोकेश बज्राचार्य छायांकन शिशिर बिशंखेले गरेका छन्। प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) हुन् भने मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली एल्मिना राई छन्।

फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्टको रहेको भने साउन्ड डिजाइन नवीन श्रेष्ठले गरेका छन्। पृष्ठसंगीत शैलेश श्रेष्ठको भने संगीत श्रीकृष्ण बम मल्लले दिएका छन्। गीतमा मेलिना राई लक्ष्मी मल्लको स्वर रहेको छ। कोरियोग्राफी मिङ्मा लेप्चाको छ।

फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave A Reply

Your email address will not be published.