सुचना, समाचार र मनोरन्जन

पोखराबाट सुरु भयो डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को छायाङ्कन

पोखरा :

डार्क कमेडी कथामा निर्माण हुन लागेको नेपाली फिल्म जिरो डिग्री’ को छायाङ्कन पोखराबाट सुरु भएको छ। पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन विधिवत् रूपमा सुरु गरिएको निर्माण टिमले जनाएको छ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको पहिलो शटमा दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल शारदा सिलवालले अभिनय गरेका थिए।

निर्माण पक्षका अनुसार फिल्मको सम्पूर्ण छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट धिताल गाउँका विभिन्न रमणीय तथा मौलिक बस्तीहरूमा गरिनेछ। छायाङ्कन तालिका ३५ दिनको तय गरिएको छ।

जिरो डिग्री’को कथावस्तु नेपाली फिल्म क्षेत्रमा केही फरक रोचक रहेको बताइएको छ। सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने उथलपुथल हास्य–व्यङ्ग्यपूर्ण परिस्थितिलाई फिल्मले प्रस्तुत गर्नेछ।

आकाश बराल साजन काफ्लेको संयुक्त निर्देशन तथा पटकथा रहेको फिल्मले छायाङ्कनअघि नै व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गरेर दर्शकको ध्यान खिचिसकेको छ।

फिल्ममा रंगमञ्चबाट उदाएका अभिनेता विजय बराल सनिशा भट्टराईसँगै वरिष्ठ कलाकार वसुन्धरा भुसाल रमेश बुढाथोकी मुख्य भूमिकामा देखिनेछन्। यसबाहेक प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल बासु खनाललगायत कलाकारको अभिनय रहनेछ। कास्टिङ सन्जोग रसाइलीले गरेका हुन्।

मोती कार्की कार्यकारी निर्माताको रूपमा रहेका फिल्मको छायाङ्कन निशाल पौडेलले गर्नेछन्। सम्पादन चानस पुन मगर रङ्ग संयोजन राजेन्द्र मोक्तानको रहनेछ। फिल्ममा अंकित बाबु अधिकारीको संगीत युवराज काफ्लेको शब्द रहेको छ। पब्लिसिटी डिजाइन रोयल भिमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले गर्नेछ भने कुबेर सिने डिस्ट्रिब्युसनले काठमाडौं उपत्यका बाहिर डिसिएनले उपत्यकाभित्र फिल्म वितरण गर्नेछन्।

Leave A Reply

Your email address will not be published.