सुचना, समाचार र मनोरन्जन

विपीन कार्की, मदनकृष्ण श्रेष्ठ र सुनिल थापासहित ‘पहाड’को टिजर सार्वजनिक

काठमाडौं :

निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म पहाड’ को टिजर सार्वजनिक गरिएको छ। युवा पलायनका कारण उजाड बन्दै गएको पहाडी समाजको कथा बोकेको यो फिल्म आगामी २०८३ वैशाख गते (नयाँ वर्ष) देखि प्रदर्शनमा आउने तयारीमा छ।

फिल्ममा विपीन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ उमा गिरीलगायत कलाकार मुख्य भूमिकामा देखिनेछन्। निर्देशक घिमिरेले यसअघि बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ तथा चिनो’ मा सहकार्य गरेका शिव श्रेष्ठ सुनिल थापालाई पनि यसपटक फिल्ममा समेटेका छन्।

निर्देशक घिमिरेका अनुसार फिल्मले विदेश पलायनका कारण खाली बन्दै गइरहेको पहाड, रोजगारीको खोजीमा भइरहेको बसाइँसराइ त्यसले निम्त्याएका सामाजिक–आर्थिक समस्यालाई केन्द्रमा राखेको छ।

फिल्ममार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा डेब्यु गराउँदैछन्। यस्तै, उनकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायाङ्कन प्रमोद प्रधानले गरेका छन्। फिल्ममा रणजित सिंह गजमेरको संगीत रहेको छ। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ उमा गिरी निर्माता रहेका छन् भने भारती घिमिरे क्रिएटिभ निर्माता हुन्।

फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्टले विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ। पब्लिसिटी डिजाइन रोयल भीमसेन ट्राइडेन्ट कन्सेप्टले गरेका छन्। फिल्ममा कविराज गहतराज मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शङ्कर कोइराला भारती घिमिरेको सम्पादन रहेको छ।

Leave A Reply

Your email address will not be published.