काठमाडौं :
हरर फिल्म ‘ममी’को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तिब्र पार्न थालेका छन्। आइतबार फिल्मको निर्माण टिमले काठमाडौंको हात्तिसारस्थित नेपाल हाउसमा पत्रकार सम्मेलन गरेको थियो। उक्त कार्यक्रममा फिल्मका मुख्य कलाकार प्रियंका कार्की,दीया मास्के,सुलक्षण भारतीका अलवा निर्मात्री तथा लेखक पुर्णिमा जोशी र निर्देशक तथा लेखक समर निरौला उपस्थित रहेका थिए।
हरर तथा सामाजिक कथावस्तुमा बनेको यो फिल्मका बारेमा चर्चा गरिएको थियो। उपस्थित भएका कलाकार तथा निर्माण पक्षलाई पत्रकारहरुले फिल्मको कथावस्तुसँगै भुतदेखि कतिको डर लाग्छ भनेर प्रश्न गरिएको थियो। उक्त जवाफमा अभिनेत्री कार्कीले आफुलाई भुतदेखि डर लाग्ने तर मान्छेसँग डर लाग्ने गरेको सुनाईन्।
उनले प्रश्नको जवाफमा भनिन्,‘दर्शक झुक्काएर भूतैभूत आउँछ भनेर आजको दिनमा पनि म यो भन्दिन।’
उनले बाटोमा मान्छे देखियो भने गाडी दौडाउने गरेको अनुभव सुनाउँदै यदि भुत भेटियो भने गफ गर्न थाल्छु होला भन्ने खाल्का कुरा गरिन्।
उनले केहि हरर जनराको फिल्ममा काम गरेकी थिइन्। तर उनले अभिनय गरेका अधिकांश फिल्मले दर्शक नतर्साएको गुनासो गरिन्। त्यसैक्रममा यो फिल्म काम गर्नुको कारण सहित आफ्ना अनुभव बाँडिन्।
‘हामीले मेकरले बोलेको कुरा र स्क्रिप्टलाई ट्रस्ट गरेर फ्लोरमा जाने हो । फ्लोरमा गएको २ ३ दिनमै हामीलाई थाहा हुन्छ के, भन्याजस्तै बन्दैन भनेर’ प्रियंका भन्छिन्, ‘तरपनि अब बाँधिइसकेको हुन्छ । आफ्नो फिल्म सक्काउनैपर्छ । त्यस्तो अवस्था पनि धेरै भएको छ ।’
लेखक तथा निर्मात्री समेत रहेकी पूर्णिमा जोशीले आफूले भूतलाई महसुस गर्ने गरेको बताइन्। उनले आफुलाई भुत कस्तो हुन्छ भनेर नसोध्न आग्रह गर्दै भुतलाई आफुले प्रत्यक्ष देखेको आफ्नो अनुभव बाँडिन्।
उनले भनिन्,‘म भूत फिल गर्छु । भूतले मलाई तसाइरहेको हुन्छ । पर्सनल्ली म भूतलाई अनुभव गर्छु । भूत छ भन्ने फिल हुन्छ।’
उनले यो फिल्म निर्माणको सुरुवात गर्दा कति रुपैया आफुसँग थियो त्यो पनि सुनाईन्। उनले भनिन्,‘यो फिल्मका ड्राफ तयार पार्दा ५ लाख रुपैया थियो। पछि गरगहना बेचेरे केहि कुराहरुबाट म्यानेज गरेर निर्माण गरेका हौँ।’
उनको कुरामा छेवमा रहेका लेखक तथा निर्देशक निरौलाले फिल्म निर्माण गर्दाको क्षणलाई सुनाए।
अभिनेत्री दीया मास्के पनि फिल्ममा जस्तो आफुले प्रत्यक्ष भुत नभेटेको बताईन्। तर फिल्ममा कतिपय दर्शक तर्साउनका लागि राउण्डको ठुलो भुमिका हुने दाबी गरिन्। उनी भन्छिन्,‘फेस ड्योमजभन्दा पनि साउण्डले मलाई तर्साउँछ । हरर फिल्ममा साउण्डलाई याद गर्नुपर्छ । साउण्ड भएन भने आधा फिल्म भएन भनेर बुझ्नुपर्छ।’
उनले यो फिल्ममा काम गर्दाको अनुभव सुनाउँदै आफु निकै उत्साहित भएको बताईन्। उनी थप्छिन्,‘म उत्साहित थिएँ । मैले नयाँ गर्दैछु भनेर एक्साइटमेन्ट थियो।’
अभिनेता सुलक्षण भारतीले फिल्ममा आफुलाई खासैअफर नआउने गरेको गुनासो गरे। तर यो फिल्ममा काम गर्दा अर्को टिमले राम्रै रकममा आफुलाई किन्न खोजेको तर यो फिल्मको कथा मन परेर यसैमा सहकार्य गरेको बताए।
यो फिल्ममा प्रियंका,दीया,सुलक्षणका अलवा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतको अभिनय छ । सो–ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको पटकथा लेखन रहेको छ भने निर्देशक समरले नै गरेका छन्। यो फिल्म निर्माणमा पूर्णिमा जोशीलाई लोकराज जोशीले सघाएका छन्। यस फिल्मका कार्यकारी निर्मातामा सुमन कोइराला छन् । निशाल पौडेल र शरद महतोले संयुक्त रुपमा खिचिको यो फिल्मलाई सम्पादन सुरेन महर्जनको छ।