सुचना, समाचार र मनोरन्जन

मोरङमा बाढीग्रस्त क्षेत्र पुनर्निर्माण गर्न सांसदको माग

काठमाडौँ,

सांसद ऋषिकेश पोखरेलले मोरङमा गत वर्षको वर्षायाममा क्षतिग्रस्त ठाउँहरु अहिले पनि उस्तै रहेको भन्दै पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा पोखरेलले मोरङ जिल्लामा रहेका उत्तर–दक्षिण बग्ने विशेषत आठवटा खोलाहरु, रतुवा, मावा, बक्राहा, डाँस, चिसान, लुहान्द्रा, सिंगिया र केसलियाको बाढीले अघिल्लो वर्ष भत्किएका ठाउँहरु र कटानले बिगारेका ठाउँहरु अहिलेसम्म अलपत्र अवस्थामा रहेको भन्दै ध्यानाकर्षण गराए ।

उनले फेरि वर्षायाम सुरु हुन लागेकाले भयावह परिस्थिति सिर्जना हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

Leave A Reply

Your email address will not be published.