सुचना, समाचार र मनोरन्जन

‘सुन भनेर नमिसाउ पित्तल’ भन्दै आए पोखरेली स्रष्टा मोती भुजेल

काठमाडौ :

पोखरेली स्रष्टा मोती भुजेलको पहिलो लोक गीत सार्वजनिक भएको छ। भुजेलको शब्द रचनामा ‘सुन भनेर नमिसाउ पित्तल’ गीतको भिडियो रिलिज भएको हो। गीतमा मोहन नेपाली र कल्पना विष्टको स्वर रहेको छ।

Chaka Panja

गत शनिबार बिबि अनुरागी युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा बिबि अनुरागीकै सङ्गीत संयोजन छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरी सार्वजनिक भएको सो गीतमा प्रेमिप्रेमीका हुन वा लोग्नेस्वास्नीले धन सम्पत्तीमा भन्दा मायामा विश्वास गर्न व्यक्त गरेको भाव प्रस्तुत गरिएको छ।

गीत रेकर्डिङमा कमल थापा, गोबिन्द अनेक, सुकराम रसाइली, श्यामस्वेत रसाइली, निशान्त बिश्वकर्मा, मनोज बि.के., मदन सापकोटा, बिराज गन्धर्व, बिरेन्द्र थापा , बिमल गौतम,अर्जुन लोहार र सुनिता रसाइलीले साथ दिएका छन्। लोक गीत पारखीहरुबाट गीतमाथि उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको सङ्गीतकार अनुरागी बताउँछन्।

Leave A Reply

Your email address will not be published.