सुचना, समाचार र मनोरन्जन

‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि इटहरीका श्रीना बराल र मार्टिन श्रेष्ठले जिते

काठमाडौं :

आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी संस्करणको उपाधि इटहरीकी श्रीना बराल र इटहरीका मार्टिन श्रेष्ठले जितेका छन्।

उनीहरुले जनही ३०–३० हजार रुपैयाँ पाएका छन्। आयोजक जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले फाइनलमा पुगेका ५८ जना प्रतियोगीहरुले प्रमाण पत्र र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेको बताए। प्रतियोगिताको अर्गनाइजेसन च्वाइसको छात्रातर्फ तरहराकी सांगे वाङमु गुरुङ, छात्रतर्फ खनारका प्रज्ञान शाक्य घोषित भए। यसैगरी मिसतर्फको फस्ट रनरअप पकलीकी इभेनजलिना शाह, सेकेण्ड रनरअप इटहरीकी प्रनिका कटवाल भइन् । यसैगरी मिस पब्लिक च्वाईस इटहरीकी ग्रेसी कटुवाल घोषित भइन।

यस्तै मिस्टर तर्फको फस्ट रनरअप खनारका प्रज्ञान शाक्य, सेकेण्ड रनरअप इटहरीका सुदर्शन भुजेल घोषित भए । यसैगरी मिस्टर पब्लिक च्वाईस इटहरीका एकांश अग्रवाल घोषित भए। त्यस्तै मिस ब्यूटी विथ ब्रेन र मिस डिसिप्लिन इटहरीकी ग्रेसी कटुवाल, मिस पपुलर इटहरीकी पाखी अग्रवाल र मिस स्मायलको उपाधि इटहरीकी काभ्या कार्कीले जितिन भने मिस पर्सानालिटीको उपाधिमा तरहराकी सांगे वाङमु गुरुङ घोषित भइन् । मिस ट्यालेन्टको उपाधि इटहरीकी अबिना मगर, मिस फोटोजेनिक इटहरीकी सुभाग्यी अधिकारी र मिस इन्टेलेक्टमा पकलीकी इभेनजलिना शाह घोषित भइन्।

यसैगरी मिस क्याटवाक इटहरीकी प्रितिना भट्टराई, मिस क्यूट इटहरीकी माइसा जिदंल, मिस कन्फीडेन्ट इनरुवाकी आरुसी मेहता, मिस बब्ली इटहरीकी अबिता राई,मिस साईनिगं स्टार इटहरीकी प्रनिका कटवाल र बेस्ट ट्रान्फरमेसन इटहरीकी स्पर्स रानाले जीतिन । त्यसै गरी मिस फ्रेण्डसिप इनरुवाकी सोफिया प्रधान, मिस ब्यूटीफुल आईज इटहरीकी सासा आले मगर, मिस फिजिक इटहरीकी सान्भी पोखरेल र मिस अनेष्ट इटहरीकी देवान्सी कार्की घोषित भइन्।

यस्तै मिस्टर पपुलर र मिस्टर क्याटवाक झुम्काका विश्वास श्रेष्ठ, मिस्टर ट्यालेन्टको उपाधि इटहरीका सक्सेस तामाङले जिते भने मिस्टर फोटोजेनिकको एवार्ड इटहरीका इभान तामाङ र मिस्टर इन्टेलेक्ट इटहरीका सुदर्शन भुजेलले जिते । यसैगरी मिस्टर पर्सानालिटी खनारका प्रज्ञान शाक्य र मस्ट आउटस्टान्डिगं पर्फमेन्समा इटहरीका एकांश अग्रवाल घोषित भए। प्रतियोगिताको निर्णायकहरुमा डाक्टर श्रवण कुमार मण्डल, मिस कोशी २०२५ का विजेता र मोडेल रजनी थापा, लेक्चरर तथा सोसियलिस्ट बसन्त खनाल रहेका थिए ।

Leave A Reply

Your email address will not be published.