सुचना, समाचार र मनोरन्जन

मुग्लिङ–मलेखु सडक खण्ड थप तीन दिन रातको समयमा बन्द हुने

मुग्लिङ–मलेखु सडक खण्ड थप तीन दिन रातको समयमा बन्द हुने मुग्लिङ–मलेखु सडक खण्ड थप तीन दिन रातको समयमा बन्द हुने भएको छ ।

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउनको गएको तीन दिनदेखि रातको समयमा सडक पूर्णरुपमा बन्द हुँदै आएको छ ।

यसअघि हिजोसम्म बन्द हुने भनिएकोमा थप तीन दिन बन्द गर्ने निर्णय भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न पाउने छैनन् ।

यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको काम तीव्र बनाइने सडक योजनाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.