सुचना, समाचार र मनोरन्जन

मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

काठमाडौँ,

मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएको बताए ।

पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

Leave A Reply

Your email address will not be published.