सुचना, समाचार र मनोरन्जन

मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’असाजमा,नारायण त्रिपाठीको दुई दशकपछि कमब्याक

काठमाडौं :

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको फिल्म ‘चमेलीको पोइ’को प्रदर्शन मिति घोषणा भभएको छ। निर्माण टिमले मंगलबार फिल्मको प्रदर्शन आगामी असोज १६ गतेलाई तोकेको हो।

निर्माण टिमले दसैंको नजिक पारेर फिल्मको विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ। पारिवारिक कमेडी फिल्ममा मुख्य अभिनेत्री सुरक्षा पन्त र अभिनेता मुकुन भुसालको मुख्य अभिनय रहेको छ।

यस फिल्मको मुख्य विशेषताका रूपमा वरिष्ठ हाँस्य कलाकार नारायण त्रिपाठीको पुनरागमनलाई हेरिएको छ। त्रिपाठीले झण्डै दुई दशक (बीस वर्ष)पछि यही फिल्ममार्फत ठूलो पर्दामा महत्त्वपूर्ण भूमिकाका साथ कमब्याक गर्न लागेका हुन्। फिल्ममा सुरक्षा,मुकुन,नारायणसँगै विल्सन विक्रम राई, रविन्द्र झा, खड्कबहादुर पुन (खबपु),उमेश राई र रजनी गुरुङ लगायतका चर्चित कलाकारहरूको पनि अभिनय देख्न पाइनेछ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्यायले निर्माण गरेको यस फिल्मको कथा निर्देशक बोहराकै हो भने लेखनमा उनलाई शिवम अधिकारीले सघाएका छन्। यो फिल्म मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा खिचिएको हो। साथै यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

Leave A Reply

Your email address will not be published.