Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- Exploring the Main Gaming Sections at Roosterbet
- रघुजी फिल्म्सको ‘तीन तीघ्रे क्या बिग्रे’ रफ्तारमा, पाँच नयाँ कलाकारको डेब्यु
- हलमा लाग्यो बहुप्रतिक्षित फिल्म ‘हली’, दर्शकको उत्साहजनक उपस्थिति
- ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक : प्रेम, त्याग, आत्मसम्मान र गुरुङ समुदायको जीवनकथालाई पर्दामा उतार्ने तयारी
- ‘रुकुम मैकोट’को सफलतापछि अशोक थापा मगर ल्याउँदैछन् ‘चाँदी जलप’
- ‘रोड टु एभरेस्ट’को पोस्टर र टिजर सार्वजनिक, भदौ ६ मा काठमाडौँमा प्रिमियर हुने
- टेलिभिजनमा फर्किए हर्के हल्दार, कमेडी बाजमा निरन्तर देखिने
- ‘बा : एक योद्धा’को डान्सिङ नम्बर ‘नभन्नू कोहीसित’ सार्वजनिक, केकी अधिकारीको नृत्य
- पोखरा ट्रेड मलमा तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ सुरु
- असममा बाढी, ९७ जनाको मृत्यु
तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि
काठमाडौँ,
तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को जेठ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७३, तराईको दुई दशमलव ५८, पहाडको दुई दशमलव ४८ र हिमालको चार दशमलव १८ प्रतिशत रहेको छ ।
प्रतिवेदनअनुसार जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १७ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ५४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९४ प्रतिशत रहेको छ ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ०६, गैर–मदिराजन्य पेयपदार्थको पाँच दशमलव १३, फलफूलको तीन दशमलव ५१ र दाल तथा गेडागुडीको दुई दशमलव ८५ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ०४, मरमसलाको तीन दशमलव ०६ र माछा तथा मासुको दुई दशमलव ९१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क नौ दशमलव ४३, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ८२, शिक्षाको पाँच दशमलव ८८, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ०६ प्रतिशत र सुर्तीजन्य पदार्थको चार दशमलव ६८ प्रतिशतले बढेको छ ।
त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ९० र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ६६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १८, मधेशको दुई दशमलव ५२, बागमतीको दुई दशमलव २९, गण्डकीको एक दशमलव ७५, लुम्बिनीको दुई दशमलव ३९, कर्णालीको दुई दशमलव ५४ र सुदूरपश्चिम प्रदेशको तीन दशमलव ८६ प्रतिशत रहेको छ ।