सुचना, समाचार र मनोरन्जन

ग्रीसको समुन्द्री तटहमा खिचियो नेपाली गीतको भिडियो

काठमाडौं :

आरसी कोइराला ‘रामचन्द्र’ को निर्देशनमा ‘तिमी मेरो जिन्दगी’को भिडियो सार्वजनिक भएको छ। हालै उनले मिराज कोइराला र प्रमिला रिजाललाई यस गीतको भिडियोमा अभिनय गराउदै सार्वजनिक गरेका हुन्।

Chaka Panja

गीतमा आरसी कोइराला ‘रामचन्द्र’ शब्द रचना, एम. ए. रह्मन बाङ्लादेशको संगीत एवं मोडल कोइरालाकै स्वरमा रहेको रोमन्टिक गीत रिलिज गरिएको हो। गीतमा प्रेमीद्वारा प्रेमिकाको वर्णन गरिएको छ। जसलाई निर्देशकले ग्रीसको समुन्द्री तटहमा खिचाएका छन्।

भिडियोमा मिराज र प्रमिलाको प्रेम भावको उच्चतम् कलात्मक शिल्प पोखिएको देख्न सकिन्छ। मिलन बिश्वकर्माको छायांकन तथा सम्पादन रहेको यस भिडियोलाई आर एस फिल्मस ‘म्युजिक अफ नेपाल’को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो।

Leave A Reply

Your email address will not be published.