
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण
तनहुँ,
म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमूना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य परिवारहरूलाई आवास निर्माण गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पहिलो चरणमा आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको बराबरी हिस्साबाट एक करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटमध्ये रु ८१ लाख ४३ हजार ३९६ मा म्याग्दे मूलबाराही निर्माण सेवाले ठेक्का सम्झौता गरी १६ वटा घर निर्माण गरेको हो ।
त्यसैगरी, चालु आर्थिक वर्षमा रु तीन करोड नौ लाखको समपूरक बजेटबाट थप ३२ वटा घर निर्माण सम्पन्न गरिएको छ । यसका लागि रु एक करोड २० लाख सङ्घीय सरकारले र बाँकी रकम गाउँपालिकाले विनियोजन गरेको हो । पासा शुक्ला जेभीले रु दुई करोड ७३ लाख ५९ हजार ३७४ मा ठेक्का सम्झौता गरी ती घर निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका–१ मा सात, वडा नं २ मा सात, वडा नं ३ मा ६, वडा नं ४ मा आठ, वडा नं ५ मा ६, वडा नं ६ मा ६ र वडा नं ७ मा आठवटा घर निर्माण गरिएका छन् ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्बन्धित वडाको सिफारिसका आधारमा विपन्न नागरिकलाई घर उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण गरिएका घरहरू १० वर्षसम्म बेचबिखन गर्न, बैङ्कमा धितो राख्न वा अन्यलाई भाडामा दिन नपाइने व्यवस्था गरिएको छ ।
जग्गा नभएकालाई छरछिमेकीले जग्गा निःशुल्क पास गरिदिएका छन्भने केही लाभग्राहीसँग आफ्नै जग्गा छ । वडा नं ७ हर्कपुरका सुकमान श्रेष्ठले गाउँपालिकाले गाउँमै सुविधा सम्पन्न घर निर्माण गरिदिँदा आफू अत्यन्त खुसी भएको बताए ।
वडा नं २ जामुनेकी विष्णुमाया सुनारले आफ्नो आयले कहिल्यै घर बनाउन नसक्ने अवस्थामा गाउँपालिकाले आफ्नै घर बनाइदिएर जीवनभरको सपना पूरा गरिदिएको बताउनूभयो । यस्तै, वडा नं ४ धोद्रेका लक्ष्मण परियारले आफूजस्तो सम्पत्तिविहीनलाई निःशुल्क घर र घरमै खानेपानीको व्यवस्था गरिदिँदा गाउँपालिकाप्रति आभार प्रकट गरे।