सुचना, समाचार र मनोरन्जन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी,
बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण भएको हो ।
म्याग्दी नदी किनारमा १६५ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण सम्पन्न भएको हो । पर्खाल निर्माणका लागि २०८२ वैशाखमा रुपल(सुप्रिम कन्स्ट्रक्सनसँग रु चार करोड २१ लाख ५९ हजार ६९९ मा ठेक्का सम्झौता भएको थियो । आगामी असार २० गतेसम्म ठेक्काको म्याद भए पनि इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्यभन्दा एक महिनाअघि काम सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि सुरेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गत मङ्सिरदेखि निर्माण सुरु भएको थियो।
भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याबिन पर्खाल निर्माण भएको आयोजनाका इन्जिनियर नरजङ गुरुङले उल्लेख गर्नुभयो । बेनी बजार संरक्षण कार्यक्रममार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक दशकयता म्याग्दी र कालीगण्डकी नदी कटानको जोखिम रहेको बेनी वरपरको क्षेत्रमा नदी नियन्त्रणका आयोजना सञ्चालन गरेको छ ।
आयोजनामार्फत यसअघि बेनीको मङ्गलाघाट, न्युरोड, कालीपुुल क्षेत्रको कालीण्डकी र म्याग्दी नदी किनारमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण निर्माण भएको छ।
Leave A Reply

Your email address will not be published.