सुचना, समाचार र मनोरन्जन

‘साम्राज्य’मा सौगात र दयाहाङपछि नाजिर अनुबन्ध

काठमाडौं :

निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा भर्सटाइल अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गराएका छन्। अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा नाजिरले यो सिनेमामा प्रवेश गरेका हुन्। नाजिरसँग सौरभले यसअघि पनि सहकार्य गरिसकेका छन्। सौगातको ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए।

“नाजिर आफैँमा भर्सटाइल अभिनेता हुन्। हामीले अब्बल कलाकार लिने क्रममा नाजिरसँग पनि यो चलचित्रमा सहकार्य गर्ने भएका छौँ,” निर्देशक सौरभ भन्छन्, “सौगात र दयाहाङ जस्तै नाजिरलाई पनि यो चलचित्रमा एक मुख्य कलाकारका रूपमा देख्न सकिनेछ।”
सौगात, दयाहाङ र नाजिरपछि यस्तै अब्बल कलाकार अझै पनि सिनेमामा जोडिनेक्रम जारी नै रहने सौरभले बताएका छन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टिस्टार बन्ने यो लाइनअपल देखाइरहेको छ। यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन्। यो चलचित्र ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीको भनाइ छ। सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म बनाउने योजनामा छन्।

यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ। चलचित्रको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ। यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन्। को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन्।

मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन्। डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ। यो चलचित्रको वितरकमा डिसीएन रहेको छ।

Leave A Reply

Your email address will not be published.