चर्चित शिव परियार र गायिका समीक्षा अधिकारी सांगीतिक प्रस्तुति लिएर अमेरिकाका विभिन्न सहरमा पुग्ने भएका छन् । उनीहरूसँगै चर्चित नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि अमेरिकामा विशेष सांगीतिक यात्रा गर्ने भएको छ।
थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा हुन लागेको यो दुई छुट्टाछुट्टै कार्यक्रम हो। दुई फरक कार्यक्रममार्फत आयोजकले अमेरिकामा रहेका नेपाली समुदायलाई मनोरञ्जन र सांस्कृतिक माहोल प्रदान गर्न लागेको जनाएको छ।
‘दशैं-तिहार धमाका यूएसए टुर २०२६’ मार्फत गायिका समीक्षा अधिकारी र शिव परियारले करिब २० शो गर्नेछन्। उनीहरूको कार्यक्रम तालिका आगामी सेप्टेम्बर २५ मा अस्टिन र सेप्टेम्बर २६ मा डलासबाट सुरु हुनेछ। त्यसपछि कार्यक्रम अक्टोबर २ मा कोलम्बस, अक्टोबर ३ मा एक्रोन, अक्टोबर ९ मा ह्यारिसबर्ग, अक्टोबर १० मा ल्यान्कास्टर, अक्टोबर ११ मा एशबर्न, अक्टोबर १७ मा मिलवाकी र अक्टोबर १८ मा सिकागोमा हुने बताइएको छ।
अक्टोबर २४ मा चार्लोट, अक्टोबर २५ मा र्याले, अक्टोबर ३० मा नेब्रास्का, अक्टोबर ३१ मा न्युयोर्क र नोभेम्बर १ मा ब्राडफोर्ड तथा हार्टफोर्डमा समेत कार्यक्रम राखिएको छ । नोभेम्बर ७ मा फ्लोरिडासहित केही अन्य मिति थपिन सक्ने बताइएको छ। यता मुक्ति एन्ड रिभाइभलले पनि आफ्नो ३० वर्षे नेपाल ब्लुज यात्राको उत्सव मनाउँदै अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिने तयारी गरेको छ । ब्यान्डले ‘म्युजिकल रिभाइभल-साधना भण्डारी ३० औं वार्षिकोत्सव टुर’ नामसहितको विशेष प्रस्तुति गर्न लागेको हो।
कार्यक्रमको नारा ‘द लिगेसी, द ब्लुज, द रिभाइभल’ (विरासत, ब्लुज, पुर्नजागरण) सहितको कार्यक्रममा साधना भण्डारी ३० औं वार्षिकोत्सवलाई विशेष रूपमा मनाउने बताएको छ। ब्यान्डको तालिकाअनुसार कार्यक्रम सेप्टेम्बर १२ मा डलास, सेप्टेम्बर १८ मा ह्युस्टन, सेप्टेम्बर १९ मा सेन्ट लुइस र सेप्टेम्बर २६ मा न्यु ह्याम्पसायरमा हुनेछ।
त्यसैगरी, अक्टोबर २ मा चार्लोट, अक्टोबर ९ मा न्युयोर्क र अक्टोबर ११ मा डीटी फेस्टमा मुक्ति एन्ड रिभाइभलको प्रस्तुति रहनेछ। अक्टोबर १७ र १८ का कार्यक्रमको भने स्थान तोकिएको छैन। नेपाली चाडपर्वको माहोललाई अमेरिकामा रहेका नेपालीमाझ पु¥याउने उद्देश्यले चाडपर्व विशेष कार्यक्रमको पनि गर्न लागेको आयोजकले जनाएको छ। त्यस्तै, कार्यक्रमको उद्देश्य नेपाली कला र संस्कृतिको प्रवद्र्दन गर्ने रहेको छ। साथै कार्यक्रमबाट उठेको केही रकम गरिब र दिन दुःखीको लागि छात्रवृत्ति कार्यक्रमका संयोजक प्रयास भुसाल हुन्। अमेरिकाका संस्थापकमा अञ्जना बुढाथोकी सापकोटा र सुरेश सापकोटा, बजार व्यवस्थापनमा आदित्य लाखे रहेका छन्। कार्यक्रमको प्रायोजकको युएसएको ओनेस्ट रियलस्टेट रहेको छ।
यसअघि थ्रीई इन्टरटेनमेन्ट महेश/अस्मिता, कमेडी च्याम्पियन्स,सिनेमा ‘महाजात्रा’लगायत टिमसँग मिलेर दर्जनभन्दा बढि कार्यक्रम गरिसकेको छ। २० वर्ष अघि स्थापना भएको थ्रीई इन्टरटेनमेन्टले अमेरिकामा रहेका नेपाली समुदायका लागि विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारहरूको टुर र उत्सवहरूको आयोजना गर्दै आइरहेको छ।