काठमाडौँं :
गायिका नीशा सुनारले नयाँ गीत सार्वजनिक गरेकी छिन्। लामो समयदेखि अमेरिकामा रहँदै आएकी नीशाले नेपाल आएको समयमा ‘झ्याप छौं कि साइँला दाई’ बोलको गीत सार्वजनिक गरेकी हुन्।
रमाइलो शैली यो गीतमा खेम सेन्चुरी र नीशा सुनारको स्वर छ। गीतमा रमेश वीजीको शब्द, खेम सेन्चुरीकै संगीत छ।सार्वजनिक गीतको भिडियोलाई सुनिल वीकेले निर्देशन गरेका हुन्। गीतको भिडियोमा नाजिर हुसेन र उषा उप्रेतिको डान्स हेर्न सकिन्छ। गीतको भिडियोमा उनीहरु रमाइलो शैलीमा रोमान्टिक भएका छन्।
अनिल के मानन्धरको छायांकन रहेको यो भिडियोमा प्रविण भट्टको सम्पादन, राजेन्द्र मोक्तानको कलर, रोशन विश्वकर्माको कोरियोग्राफी छ।
नीशाकै स्वरमा रहेको नयाँ तीज गीत पनि केही दिनमै बजारमा ल्याउने तयारी भइरहेको छ। कुनै समय दर्शकमाझ निकै नै लोकप्रिय गायिका सुनारले अब गायनलाई निरन्तरता दिने बताएकी छिन्।