एक्रोन, ओहायो – अमेरिकामा नेपालीहरुले संचालन गरेको नमस्ते फर्निचर ले आफ्नो तेस्रो आउटलेट ‘नमस्ते फर्निचर, एक्रोन’ को ग्राण्ड ओपनिङ समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक दिलीप रायमझी र लोकप्रिय गायक बाबु बोगटी उपस्थित थिए ।
रिबन काट्ने कार्य रायमझी, बोगटी तथा एक्रोनका भूटानी समुदायका अध्यक्ष मनोरथ खनालले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा उपस्थित सबै अतिथि, आमन्त्रित पाहुना, शुभेच्छुक तथा सहयोगीहरू प्रति नमस्ते फर्निचरका Chief Business Development Officer सुरेश दर्पण पोखरेलले हार्दिक धन्यवाद व्यक्त गरे।
यस अवसरमा नमस्ते फर्निचरका सिइयो पल्लव पौडेल र सिएफओ रोशन घिमिरेले संस्थालाई अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड बनाउँदै उच्च गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो। ग्राहकहरूका लागि नमस्ते फर्निचरले Competetive मूल्यमा Free Delivery, Free Installation, र 0% Financing (२४ महिनासम्म) को विशेष अफर ल्याएको छ।
कार्यक्रमकै क्रममा हाल Dallas, Harrisburg र Akron मा ३ वटा स्टोर संचालन गरेको नमस्ते फर्निचरले आफ्नो चौथो आउटलेट कोलम्बस, ओहायो (Columbus, Ohio) मा शीघ्र खोल्ने घोषणा समेत गरेको छ।
नमस्ते फर्निचर परिवारले समुदायको निरन्तर साथ, माया र सहयोगको अपेक्षा गर्दै सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।