सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : सुन उपहारको आयोजना सहित हलमा लाग्यो ‘नम्बरी सुन’

काठमाडौँ :

शुक्रबार (आज)बाट हलमा फिल्म ‘नम्बरी सुन’प्रदर्शनमा आएको छ। प्रेम र द्वन्द्वलाई स्थान दिइएको यो फिल्म आजबाट देशभरका हलमा प्रदर्शनमा आएको हो।

Pach Pandav

यो फिल्ममा अभिनेता सरोज खनाल गाउँको मुखिया बनेका छन्। राजु गिरी निर्देशित फिल्मको प्रस्तुतकर्ता नारायण खाती रहेका छन्। फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला,गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ। निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.