काठमाडौं :
फिल्म ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक एक पोस्टरमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र अर्को पोस्टरमा सांसद ज्ञानेन्द्र शाहीसँगै अन्य कलाकार अटाएका छन्। अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको फिल्ममा यस अघि ट्रेलर सार्वजनिक भएको छ। यो ट्रेलरलाई दर्शकले मन पराएका छन्।
भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ। फिल्म एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ। फिल्ममा शिवम् अधिकारीको कथा तथा लेखक रहेका छन्। उनले अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।
फिल्म मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ। फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।
‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसगै ‘सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । फिल्ममा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहकक राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।
रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन,ओम सुनारको गायक तथा सङ्गीत र किरण दाहालको एक्सन रहेको छ ।