सुचना, समाचार र मनोरन्जन

फिल्म ‘रावायण’को शीर्ष गीत पल र पूजाको धमकेदार डान्स

काठमाडौँ :

पूजा शर्माले निर्माण गरेको फिल्म ‘रावायण’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको भिडियो सार्वजनिक गरेको हो। फिल्मको यो शीर्ष गीतमा रेवन आरती सिंहको संगीत, नाकास अजिजको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द रहेको छ।

भदौको २१ गतेबाट रिलिजमा आउन लागेको फिल्म विक्रम स्वारको कोरियोग्राफी देख्न सकिन्छ। गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले दमदार डान्स गरेको छन्। जुन हेर्न सकिन्छ। शक्तिशाली म्युजिकमा यी दुइको डान्सले दर्शकको ध्यान खिच्न सक्ने अनुमान गर्न सकिन्छ।

Pach Pandav

सुदर्शन थापाको निर्देशनमा निर्माण भएको यो फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुन जंग शाही, शर्मिला मल्ल, कैलाश रावल, प्रदीप ढकाल लगायतका कलाकारहरुको अभिनय छ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्ममा विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहेको छ। मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको डीओपी रहेको यो फिल्ममासुदर्शन थापाको कथा,शिवम् अधिकारीको लेखन रहेको छ । फिल्म हेर्दा साउथ इण्डियन फिल्मको फाइप्स् आउँछ।

Leave A Reply

Your email address will not be published.